कमलामाईको
कथाहरु
कमलामाई मा धेरै अवलोकन गर्न पर्ने स्थानहरू छन् जुन अझै पनि उत्खनन गर्न बाँकी रहेको छ। यस ठाँउका धार्मिक, सांकृतिक, जीवनशैली, इतिहास, कृषि, पर्यटन सम्बन्धी कथाहरूले धेरै कुराको लागि प्रेरणा प्रदान गर्दछ।
इतिहासमा ‘जननी, जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने वाक्यांशलाई गौरवशाली परम्परा बनाई राख्न कुनै कालखण्डमा सजीव भुमिका निर्वाह गरेकोे सिन्धुली जिल्ला आज पनि आफ्नै अपार प्राकृतिक श्रोत साधन र ऐतिहासिक तथा पुरातात्विक सम्पदामा जीवन्त रहन सक्षम रहेको छ । सिन्धुलीय मानवताको अथक परिश्रम अनि पसिनाले सिंचित हुँदै वर्तमानको राज्यको संघिय पुनसंरचना पश्चात दुई नगरपालिका र ७ गाउँपालिकाहरुमा विकेन्द्रित भएर सिंगो नेपालको राष्ट्रियतामा एक अविरल धारको रुपमा निरन्तर प्रवाहित भैरहेको छ, यो सिन्धुली ।
नेपालको प्रसिद्ध कमला नदीको उद्गमस्थलमा रहेको कमलामाई देवीको नामलाई समाविष्ट गरी वि.संं. २०५३ मा तत्कालीन सिद्देश्वर र भिमान गा.वि.स. लाई समायोजन गरी घोषित कमलामाई नगरपालिका रोमन, सिन्धु, पर्सियन सभ्यता जस्तै मानव विकास क्रममा सिन्धुलीवासीको मौलिक परम्परा, सांस्कृतिक, सामाजिक संरचनालाई जगेर्ना गर्दै एउटा शहरी वातावरणलाई अत्यावश्यकिय सबै खाले पुर्वाधारहरुको जोडजाम, वन्दोवस्ती सहित परिवर्तनको संवाहक भई सङ्घीय नेपालको पुनःसंरचनामा साविक कमलामाई नगरपालिका, डाढी गुराँसे, भद्रकाली, जलकन्या, रानीचुरी, रानीवास गा.वि.स.हरु समाहित भई पुन कमलामाई नगरपालिकाको रुपमा प्रतिस्थापित छ । ४८२.५७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस नगरपालिका चुरे तराईको प्रचण्ड गर्मी देखी महाभारतको उच्च श्रृङ्खलासम्म विस्तारित भएको छ ।
कमलामाई मा धेरै अवलोकन गर्न पर्ने स्थानहरू छन् जुन अझै पनि उत्खनन गर्न बाँकी रहेको छ। यस ठाँउका धार्मिक, सांकृतिक, जीवनशैली, इतिहास, कृषि, पर्यटन सम्बन्धी कथाहरूले धेरै कुराको लागि प्रेरणा प्रदान गर्दछ।
इन्टराक्टिभ नक्सा को प्रयोगबाट कमलामाई मा रहेका नयाँ ठाउँ र कथाहरु खोज्न सकिन्छ
कमलामाई नगरपालिका का समुदायमा शुरू विभिन्न परियोजनाहरु को अन्वेषण। तपाइँहरु पनि यी परियोजनाहरुमा संलग्न भएर सहयोग गर्न सक्नुहुन्छ।
पहलहरु पढ़नुस