रामेछाप चैतन्य घाट बाट आएको माझी, पारी पट्टी गोठालो आई कमला नदी वारी वारी आएको र भिमान को ठुलो फाँट देखि पहिलो पल्ट बस्ती बसालेर खेतीपाती सुरु गरी त्यसैले चैतन्य लोक मार्ग को नाम रहन गयो
भिमान नेपालको दक्षिण–पूर्वी भागमा पर्ने जनकपुर अञ्चलको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वार्ड नम्बर ९ मा अवस्थित एक बजार हो। भिमान सिन्धुली जिल्लाको एउटा महत्वपूर्ण बजार हो किनकि यो तराई क्षेत्रबाट जिल्लामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार हो। यो बर्दिबासबाट १९ किलोमिटर टाढा अवस्थित छ। भिमान बी.पी. कोईराला राजमार्गमा पर्दछ र जिल्ला मुख्यालय सिन्धुलीमाढीमाढीबाट मात्र १८ किलोमिटर दूरीमा अवस्थित छ। भिमान–कटहरी सडक यस बजार हुँदै जान्छ। भिमान बजार कमला नदीको किनारमा अवस्थित छ। साथै, एउटा सानो मौसमी खोलो भिमान खोलो पनि यस बजार नजिकै बग्छ।
घरधुरी
जनसंख्या
पुरुष
महिला